२ मंसिर २०८१, आईतवार
,
Latest
पोखराका प्रेमप्रसादको एकीकृत कृषि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत महावुको अध्यक्षका लागि पाँच र नलगाडको उपप्रमुखका लागि चार दलको उम्मेदवारी दर्ता जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान बिहानीपख हुस्सु र कुहिरोले हवाई उडान प्रभावित पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्सिर ७ को प्रदर्शनमा संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान



अ+ अ-

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्यसंरचना र संविधान विरोधी क्रियाकलापप्रति इन्सेकले विज्ञप्तिमार्फत असहमति जनाएको हो ।

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा, १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँचजनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । रासस