२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयपूर्व जन्मिएको शिशुकी आमाको डर: ‘मेरा बच्चा बम बिष्फोटमा मारिनेछन्’



अ+ अ-

एजेन्सी । इजिप्टले सोमवार गाजा पट्टीबाट रफाह क्रसिङ हुँदै समयपूर्व जन्मिएका २८ शिशुहरू प्राप्त गरेको छ । एक शिशुकी आमाले द्वन्द्वको समयमा आफूले गरेको संघर्षको पीडा र अनुभव सुनाउनु भयो ।

इजरायल र हमास द्वन्द्वमा नै आफ्ना छोराछोरीको मृत्यु हुने डर उहाँलाई छ । द्वन्द्वको तेस्रो दिन हमासबाट दक्षिणतिर सर्न बाध्य भएपछिको पीडा सुनि नसक्नु छ । आक्रमणकारीले आफूलाई निवास छोड्न आदेश दिएपछि सो स्थानमा बिष्फोट गरेको र आफ्नो घर र सम्पती सबै गुमेको उहाँले बताउु भयो ।

उहाँले भन्नुभयो, ‘म अल–शिफा अस्पताल गएँ । हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू (इजरायल) बम बिस्फोट गर्नेछन् । अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन् ।’

उहाँले भन्नुभयो, दस दिनअघि, डाक्टरहरूले मेरो समयपूर्व जन्मिभएको छोरीलाई अक्सिजनबाट निकाले र तिनलाई खुवाउन र स्वस्थ वजन बढाउन मद्दत गर्ने प्रयास गरे । यी दश दिनहरूमा, तिनीहरू (इजरायली सेना) ले अस्पताललाई घेरे र कुनैपनि आपूर्ति र उपकरणहरू प्रवेश गर्नबाट रोके । जब मेरो बच्चाको अवस्था बिग्रियो, डाक्टरहरूले उसलाई फेरि अक्सिजन दिए । उनको अवस्था त्यहाँका बालबालिकाहरूमध्ये सबैभन्दा गम्भीर थियो । जब म राफा क्रसिङमा आइपुगँे, प्रक्रिया सरल थियो । तिनीहरूले मलाई यहाँ (इजिप्टमा) अस्पताल आउन भने ।’

‘म केही घण्टापछि यहाँ आइपुगेँ र इजिप्टका जनताले न्यानो स्वागत गरे । म मेरा तीन छोराछोरीबाट अलग भएँ । मसँग उनीहरूलाई अँगालो हाल्ने समय थिएन । मैले अलविदा भनेको छैन । म मेरो छोरीलाई बचाउन गएँ, जो डरलाग्दो अवस्थामा थियो । मलाई डर छ कि, मेरा छोराछोरीहरू बम बिस्फोटमा मर्नेछन् । गाजामा बालबालिका र महिलाहरू मरिरहेका छन्। जब हामी बिस्थापित र भट्किरहेका थियौं, मलाई र बच्चाहरूलाई चिसो जाडोबाट जोगाउने केही थिएन, पाल पनि थिएन।’