• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन: प्रदीप ज्ञवाली



फाईल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ ।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने पनि स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु चाहेको बताउनु भयो । उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धि नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमती र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाई गर्न नहुने पनि दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘दण्डहिनता हुन्न । र, यो द्वन्द्व फेरी दोहोरिन्न भन्ने प्रत्याभुतिसहित यो विषयलाई टुंग्याउनु पर्छ । र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनु पर्छ । यो संक्रमणकालीन न्याय चाहिएको पीडितलाई हो । मैले अस्ती प्रधानमन्त्रीनै हुनु भएको कार्यक्रममा पनि भने–संक्रमणकालीन न्याय प्रचण्डलाई चाहिएको हो र ? उहाँ त यो विस्तृत शान्ति सम्झौता पछि ३/३ पटक प्रधानमन्त्री भइसक्नु भयो । शेरबहादुर देउवालाई चाहिएको हो र ? होइन नि । उहाँ त त्यसयता दुई दुई चोटी प्रधानमन्त्री भइसक्नु भयो । एमाले त द्वन्द्वको पक्ष थिएन । हामीलाई एक छिन नराखौं ।’

‘चाहिएको संक्रमणकालिन न्याय भनेको तपाईहरुलाई हो । ती वेपत्ताका परिवारलाई चाहिएको हो, जसले हरेक साँझ बाहिर आफन्त आयोकि भनेर चियाएर हेर्नुपर्नै अवस्था छ । र, निराश भएर फर्कनुपर्छ । उहाँहरुलाई चाहिएको हो । न सास छ, न लास छ । मृत्यु भएकाहरुका परिवारलाई संक्रमणकालीन न्याय चाहिएको हो । त्यसकारण उहाँहरुको पीडालाई ध्यानमा राखेर यो विषयलाई टुंग्याउनु जरुरी छ । यसमा हामी एकदमै लागि रहेका छौं । हाम्रो पार्टीको पूर्ण प्रतिवद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन । यसमा कुनै सर्त पनि छैन । संक्रमणकालीन न्याय टुंगियोस्, तपाईहरुको आँखामा रहेको आँशु पुछियोस् । तपाईहरुमा थोरै भएपनि सुन्तुष्टिको मुस्कान आउनु सकोस्, हामीलाई त्यही चाहिएको हो । हामीलाई प्रधानमन्त्री चाहिएन । तर न्याय चाहियो पीडितलाई । नेकपा एमालेको धारणा यही छ ।’

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा दण्डहिनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभुति हुनुपर्ने बताउनु भयो ।