• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ



काठमाडौँ । बर्दियामा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई पक्राउ गरेको हो ।

खवासले कात्तिक २८ गते राति ललाई फकाई खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्दै किशोरीले जाहोरी दिएकी थिईन् । उनको उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले खवासलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।