२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोटसहित दुई महिला पक्राउ



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँबाट नक्कली नेपाली नोटसहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपालचोक जलविरे घर भई हाल शंखरापुर नगरपालिका-७ बस्ने सिर्जना थापा र ओखलढुंगा घर भई बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने मैया कुमारी घिमिरे रहेका छन् ।

नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै, प्रहरीले सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।