२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७: प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने



अ+ अ-

काठमाडौं । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा गर्ने तयारी भएपनि स्थानीय प्रशासनले बालाजु वा अन्य कुनै क्षेत्र तोक्ने तयारी गरेको छ ।

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम रत्नपार्कमा गर्ने तयारी रहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले न्युजपोलारसंग भन्नुभयो “उहाँहरुलाई बालाजु वा पश्चिम क्षेत्रको कुन स्थान दिने भन्नेबारेमा छलफल भै रहेको छ । रत्नपार्कमा हुदैन होला ।” उहाँले भन्नुभयो “शान्तिपूर्ण प्रर्दशनका लागि हामी स्थान तोकिदिन्छौ तर सामाजिक सद्भाव भड्कने ,वा शान्ति सुरक्षाका खललपुग्ने अबस्था देखिए प्रर्दशन रोक्न पनि सक्छौ ।”

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ ।