६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्य सम्पादन प्रभावकारी बनाउन गृह मन्त्रालयले बनायो अध्ययन समिति



गृह मन्त्रालय
अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

समितिमा पूर्वमुख्य सचिव पौड्यालसहित शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी रहेका छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि समितिमा छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन आग्रह गरे । अध्ययन समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

गृह मन्त्रालयका सम्पूर्ण कामहरुलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको बताउदै मन्त्री श्रेष्ठले अध्ययन समितिको सुझावलाई कार्यान्वयन गर्ने बताए ।