१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल

काँग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ ।

सोमवार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राहत उद्धार, पुन:निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताउनु भयो । उहाँले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताउनु भयो । उहाँले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरुले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पन िछलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्बाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुन:निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरुलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताउनु भयो । उहाँले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताउनु भयो । उहाँले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्रमा विश्वास गर्ने सरकार र पार्टी हो । संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको छ । अभिव्यक्ति, बिरोध, माग गर्ने स्वतन्त्रता सुनिश्चित छन् । तर एकै ठाउँमा दुई पक्षिय उपस्थित हुने, त्यसबाट आउनसक्ने समस्याहरुकाबारेमा सरकारले नजिकबाट हेरिरहेको छ । सडकको परिस्थिति आउन नदिने, कुरामा सरकार सचेत छ । समाज बाहिर गएर कुनैपनि गतिविधि हुनु हुँदैन । अहिले सामाजिक सञ्जालदेखि हरेक माध्यमको प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् । त्यो त लोकतन्त्रले दिएको हो । अधिकारको लागि जुन पार्टीहरु लडे, जनताहरु लडे, त्यहाँबाट आएको हो । अधिकार प्राप्तिको स्वतन्त्रताका लागि हामी भोलि पनि लड्छौँ । हामीले पाएको अधिकारको प्रयोग गरेर त्यही अधिकारको निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन ।’

अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको बताउनु भयो ।