३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो



अ+ अ-

एजेन्सी । इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ ।

इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।

इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५ सय टन सहायता प्याकेज बोकेको काफिले रफाह सीमा नाका हुँदै गाजा प्रवेश गर्नेछ । इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म दुई तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको बताउनु भयो ।

इजरायलले अक्टोबर ७ मा गाजा–सत्ताधारी हमास लडाकुहरूको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजा पट्टीमा आक्रमण गरिरहेको छ । जसमा हमासले इजरायलमा करिव १ हजार २ सय व्यक्तिको हत्या गरेको छ । २ सय भन्दा बढी बन्धक बनाएको छ । जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । गाजा पट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ । अक्टोबर २१ देखि, इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टिनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई अनुमति दिइएको छ ।