४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो



अ+ अ-

एजेन्सी । इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ ।

इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।

इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५ सय टन सहायता प्याकेज बोकेको काफिले रफाह सीमा नाका हुँदै गाजा प्रवेश गर्नेछ । इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म दुई तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको बताउनु भयो ।

इजरायलले अक्टोबर ७ मा गाजा–सत्ताधारी हमास लडाकुहरूको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजा पट्टीमा आक्रमण गरिरहेको छ । जसमा हमासले इजरायलमा करिव १ हजार २ सय व्यक्तिको हत्या गरेको छ । २ सय भन्दा बढी बन्धक बनाएको छ । जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । गाजा पट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ । अक्टोबर २१ देखि, इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टिनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई अनुमति दिइएको छ ।