• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

भारतले विश्वकप फाइनल हार्नुका पाँच कारण



एजेन्सी । आइतबार विश्वकपको फाइनल खेलमा अष्ट्रेलियासँग भारतले ६ विकेटको लज्जास्पद हार बेहोर्यो । प्रतियोगिताभर भारतीय टोलीले जुन दबदबा राखेको थियो, त्यो दबदबा उपाधि खेलमा भने कायम राख्न सकेन ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका ब्याट्सम्यानले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रनको लक्ष्य पुरा गरे । ट्राभिस हेडले १२० बलमा १३७ रनको इनिङ खेले भने मार्नस लाबुसचेनले ११० बलमा ५८ रनको अविजित इनिङ खेले ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

यसैबीच भारतले फाइनल खेल हार्नुका पाँच कारणबारे यहाँ चर्चा गरौं ।
१.रोहितको लापरवाह ब्याटिङ
रोहित शर्माले यस विश्वकपमा पहिले जस्तै ब्याटिङ गरेका थिए । शट खेलेर उनी जसरी आउट भए त्यसलाई लापरवाह भनिन्छ । पावर प्लेको ९ ओभरमा भारतको स्कोर ६६र१ थियो ।

पार्टटाइम बलर ग्लेन म्याक्सवेल १० औं ओभरमा आए । रोहितले पहिलो तीन बलमा १० रन बनाएका थिए । यद्यपि चौथो बलमा उनले ठूलो शट खेल्ने प्रयास गरे र क्याच आउट भए । यसले भारतीय इनिङ्सको गति तोड्यो ।

२. विराट गलत समयमा आउट हुनु
रोहित आउट भएपछि श्रेयस अय्यर ४ रन बनाएर आउट भए । त्यसपछि विराटले केएल राहुलसँग ६७ रनको साझेदारी गरे । प्याट कमिन्सको बलमा विराट आउट हुनुअघि दुवैले टोलीलाई ठूलो स्कोरतर्फ लैजाँदै थिए । यहीँबाट भारतीय इनिङ्स अड्कियो र पछि आएका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

३. राहुलको सुस्त ब्याटिङ
कोहलीको विकेट खसेपछि केएल राहुल दबाबमा आए र विकेट जोगाउन बिस्तारै खेल्न थाले । मध्य ओभरमा ९७ बलसम्म कुनै बाउन्ड्री आएन । केएल राहुलले १०७ बलमा ६१.६८ को स्ट्राइक रेटमा ६६ रन बनाए । उनले एक चौका मात्र बनाए ।

४. बलिङ र फिल्डिङमा कम आक्रमण
२४१ रनको सानो स्कोर पछ्याउन मैदान उत्रिएको टीम इन्डिया पावरप्लेमा हावी रह्यो । मोहम्मद शामीले आफ्नो पहिलो ओभरमा डेभिड वार्नरको विकेट लिए । त्यसपछि बुमराहले पावरप्लेमा मिचेल मार्स र स्टिभ स्मिथलाई आउट गरेका थिए । पावरप्लेमा अस्ट्रेलियाले ६० रनमा ३ विकेट गुमाएको थियो । यहाँबाट रोहित शर्माले बलिङ र फिल्डिङमा आक्रमणलाई कम गरे ।

शीतबाट बच्न रोहितले पावरप्ले पछि जडेजा र कुलदीपलाई ६ ओभर बल दिए । यसैमा हेड र लाबुस्चेनले एकअर्कालाई सम्हाल्ने मौका पाए । दुवैले शतकीय साझेदारी गर्दै खेल अस्ट्रेलियाको पक्षमा पुर्याएका थिए ।

५. शीत झर्नु
अस्ट्रेलियाको इनिङ्सको २० ओभरपछि शीत पर्न थाल्यो । यसले बललाई भिजेको बनायो र भारतका स्पिनरहरू प्रभावहीन भए । जडेजा र कुलदीपले कुनै विकेट लिन सकेनन् । फास्ट बलरहरू विरुद्ध ब्याटिङ पनि सजिलो भयो ।