१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध भारतको राम्रो सुरुवात

विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध भारतको राम्रो सुरुवात
अ अ+ अ-

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध राम्रो सुरुवात गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १० ओभरमा दुई विकेट गुमाएर ८० रन बनाएको छ ।

भारतले आफ्नो दुबै ओपनरलाई गुमाएको छ । पहिलो विकेटमा ओपनर शुभमन गिल ४.२ ओभरमा मिचेल स्टार्कको सर्ट लेन्थमा क्याच आउट भएका थिए । यस्तै, कप्तान रोहित शर्मा ३१ बलमा ४७ रन बनाउदै म्याक्सेलको बलमा आउट भए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

अहिले रनमेसिन विराट कोहली र श्रेयस अयर क्रिजमा छन् । कोहलीले २१ बलमा २४ रन बनाएका छन् ।

अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक विश्वकप उपाधी जित्न चाहन्छ । यता, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा छ ।

लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।