२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ पर्वको लागि काठमाडौंका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ । छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ ।

छठ पर्वको मुख्य दिनमा आज काठमाडौंको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताउनु भयो । उहाँले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रवन्ध सबै रहेको छ ।’

नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ ।