• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु: बलिउड गीतकार समिर अञ्जान



काठमाडौँ । बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ ।

काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।

समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुनुहुन्छ । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ । कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताउनु भयो । उहाँले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताउनु भयो । उहाँले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताउनु भयो । उहाँले मानिसहरु उहाँका गाना सुनेर र गुन्गुनाएर उहाँको माया प्रकट गर्ने बताउनु भयो । उहाँले अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गर्नुभयो । उहाँले गीतले हरेक मानिसलाई जिउन सिकाउने बताउनु भयो ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।