काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। आज (बिहीबार) दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।
आजका सम्भावित कार्यक्रमहरु यस्ता छन्:
१. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले निम्नलिखित वार्षिक प्रतिवेदनहरु पेश गर्नुहुने –
(क) “मधेशी आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन"
(ख) "थारु आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन"
प्रतिवेदन पेश
२. विकास तथा प्रविधि समितिका मा० सभापति श्री कल्याणी कुमारी खड्काले सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७" पेश गर्नुहुने शोक प्रस्ताव
३. सम्माननीय सभामुखले निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्नुहुने:-
'प्रतिनिधि सभाको यो बैठक वि.सं. २०४5 सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्य एवं सो कार्यकालमा राष्ट्रिय सभाको उपाध्यक्ष समेत हुनुभएको, पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, राजनीतिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत क्रियाशिल नेता ऐश्वर्यलाल प्रधानाङ्गको ९६ वर्षको उमेरमा मिति २०७७ साल चैत २० गते शुक्रवार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।








