• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

प्रधानमन्त्रीको भनाइ र गराइ !



जुनसुकै पार्टीबाट चुनिएर आए पनि संविधान अनुसार निर्वाचित भएपछि सबै जनताको प्रधानमन्त्री हुन्छ र प्रधानमन्त्री सफल भइदिए हुन्थ्यो भन्ने अपेक्षा जनताले गरेका हुन्छन् (विपक्षी पार्टीका कट्टर सदस्यहरुले प्रधानमन्त्री असफल भइदिए हुन्थ्यो भन्ने चाहना पनि गरेका हुन्छन्) ।

जनविश्वास आर्जनका लागि प्रधानमन्त्रीको भाषण र कार्यका बीचमा सामञ्जस्य भइदिए हुन्थ्यो भन्ने पनि आमचाहना हुन्छ नै । तर व्यवहारमा प्रधानमन्त्रीहरुको भनाइ र गराइ बीचमा देखिने ठूलो फरकले जनतामा निराशा बढिरहेको हुन्छ ।

वर्तमान सम्माननीय प्रधानमन्त्रीले आज तनहुँको आबुखैरिनीको एक कार्यक्रममा ‘’संघीयता हितकारी छ भन्ने सावित गर्न तीनवटा ऐन अनिवार्य छन् भन्ने हामी सबैले बुझेका छौं ‘’ भन्दै प्रहरी समायोजन ऐन, निजामती सेवा ऐन र शिक्षा ऐनको नाम लिनु भएछ ।

वास्तव मै यी तीन ऐनहरु नयाँ संविधान जारी हुनासाथ पहिलो लटमा नै बन्नुपर्ने मध्येका ऐनहरु हुन् ।

तर हालसम्म यी ऐनहरु बन्न नसक्नुका पछाडिका कारकहरु मध्येमा प्रधानमन्त्रीहरु नै मुख्य हुनुहुन्छ र वर्तमान प्रधानमन्त्री त एक नम्बरमै पर्नुहुन्छ ।

किनभने-

१. २०७२ सालपछि बनेका सबै सरकारमा कुनै न कुनै रुपमा उहाँको पार्टी संलग्न छ ।

२. यस बीचमा दुई पटक त उहाँ आफैं सरकार प्रमुख हुनु भएको छ । अहिले पछिल्लो पटक प्रधानमन्त्री भएको पनि ११ महिना पुरा भइसकेकोछ । यत्रो समय किन ढिलो भइरहेकोछ ?

३. प्राय सबै सरकारमा उहाँको र उहाँको पार्टीको प्रभावकारी भूमिका रहेको देखिन्छ ।

४. अझ रमाइलो त के छ भने यो अवधिमा शिक्षा मन्त्री र गृहमन्त्रीमा सबैभन्दा बढी उहाँकै पार्टीका नेता रहनु भएको छ ।

५. २०७४ को निर्वाचनपछि गठन भएको सरकार नेपालमा अहिलेसम्मकै शक्तिशाली सरकार मानिन्छ र संसदमा उहाँको दल (तत्कालिन नेकपा) र गठबन्धनका दलहरुको झण्डै दुईतिहाइ बहुमत रहेको थियो र जस्तोसुकै कानुन बनाउन सम्भव थियो ।

यी तथ्यको आधारमा त प्रधानमन्त्रीको भनाइ र गराइ बीचमा ठूलो फरक देखियो ।

त्यसैले,

प्रधानमन्त्रीज्यू, भाषण कम, काम बढी गर्नेतर्फ ध्यान दिनुहुन सादर अनुरोध ।