१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

नाकमा बस्ने हो कोरोना त्यहिबाट फालिदिएपछि चैट: प्रधानमन्त्री ओली (भिडियो सहित)

नाकमा बस्ने हो कोरोना त्यहिबाट फालिदिएपछि चैट: प्रधानमन्त्री ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गर्नुभएको हो ।

उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताउनुभयो । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं ।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताउनुभयो । कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अलि तातोतातो पानी लिदै नलिदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्ट भित्र परियो भने गैगयो नी । त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ, ।’ 

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरागर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कतिपयले भन्छन मलाई, भनिआएका छन । आफ्नो कुरा गर्नुनी भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने सङ्गठनात्मक कुरा बताउने की, राजनीतिका दाउपेचका छननी हामी यहाँ छौं वाला कुरा बताउने की ? के बताउने, तपाईहरुलाई लड्डु खान सिकाउने की ? राजनीति के चाहिं गर्ने, तपाईहरुसँग त बिजनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ । अब कोभिड १९ छ कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ रु कोभिड–१९ ले देश आक्रामक छ ।

भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनु परेन । प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताउनुभयो । यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘ब्युरोक्रयाटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्स । यसलाई पनि सरलिकृत गर्ने । यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनरविचार गर्न जरुरी छ । व्यक्तिलाई मात्रै दोश लगाएर हुने स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले आयात गर्ने कुराहरु ती हुन लगानी र प्रविधि, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन ।

अब जहाँसम्म अति जरुरी छ त्यो हालका लागि आयात गर्नुपर्‍यो। तर हाम्रा निम्ति आयात नगरी नहुने कुराबाहेक अनावस्यक चिजहरु आयात गर्नु हुन्दैन । आयात अत्यावस्यक वस्तुको मात्रै, हाम्रो जनजीवनका लागि अत्यावस्यक वस्तुको मात्रै आयात गर्ने अरु कुरा हामी आफैले उत्पादन गर्ने, उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमुलक वस्तुहरुको उत्पादन गरेर निर्यात गर्ने । उत्पादन बढाएपछि आयात कम गरेपछी अनावस्यक वस्तुहरु आयात कम गर्‍यो भने अहिले पनि अनावस्यक वस्तुहरु आयात गर्न छोड्यौं भने, अनावस्यक वस्तुहरु उपभोग गर्न छोड्यौं भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ ।’ 

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का पर्‍यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन । धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरु क्षेत्रहरुपनि धेरै नोक्सान परेका छन् । त्यसकारण क्षति नभएको होइन तर फेरीपनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ । एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं ।’

प्रधानमन्त्री ओलीले लामो समय विग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताउनुभयो । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले प्रयाप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै विग्रिएको चिजलाई फेरी ट्रयाकमा ल्याउन अलिकति समय लाग्दैछ । तर समयले अब गति लिदैछ । हामीले जुन ट्रयाक लिदैछौं यसले गति लिदैछ ।’