२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट



अ+ अ-

एजेन्सी । चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ ।

प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिन भन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्यहरू र घरहरू गुमाएका छन् । केही बिस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । तर, खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ ।

त्यस्तै अर्का बिस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताउनु भयो । उहाँले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महशुस गरेको बताउनु भयो । वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गर्नुभयो ।

त्यस्तै अर्का बिस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताउनु भयो ।

त्यस्तै अर्का बिस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको बताउनु भयो ।

गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उहाँको भनाइ थियो ।