६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेल्ने एक सय पैसट्ठी पक्राउ, पैतिस लाख बरामद



अ+ अ-

काठमाडौँ : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।

यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।

सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको थियो ।

यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।