• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु



दाङ । दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते हुनुभएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु हुनुभएकी उहाँ चढेको आटो बुधबार दिउँसो १ स्४० बजे बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो । घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो । रासस