१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा आज : बेनजिर भुट्टो पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री



अ+ अ-

पाकिस्तानको प्रधानमन्त्रीमा आजकै दिन अर्थात् सन् १९८८ नोभेम्बर १६ का दिन बेनजिर भुट्टो प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) की अध्यक्ष समेत रहनु भएकी उहाँ मुस्लिम शासित मुलुकमै पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पिपिपीका संस्थापक जुल्फिकार अलि भुट्टोकी सुपुत्री बेनजिर पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सन् १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म रहनु भएको थियो ।

भ्रष्टाचार, नाताबाद जस्ता अनेक आरोप लगाइएकी विश्वचर्चित नेत्री बेनजिरको २७ डिसेम्बर २००७ मा ५४ वर्षकै उमेरमा हत्या गरिएको थियो । रावलपिन्डीमा पार्टीले आयोजना गरेको एउटा र्यालीमा सहभागी उहाँलाई गोली हान्नुका साथै आत्मघाती बम हमला गरिएको थियो ।