१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोजस्तै— विश्वप्रकाश शर्मा (भिडियो सहित)

दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोजस्तै— विश्वप्रकाश शर्मा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गर्नुभएको छ । काठमाडौँमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताउनुभएको हो । 

उहाँले कोदो र तोरीले भिन्ना भिन्नै विशेषता बोकेको भएपनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ बर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गर्नुभयो । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो “दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरुले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन । 

पिना मात्रै निस्कन्छ । ३ बर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओली जीको शासनबाट । त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिंगाको भेद देख्नुभएन । म तपाईहरुलाई आग्रह गर्दछु । चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ,तिनलाई बदल्ने छौ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौ भनेर संकल्प लिनुपर्छ । ”

बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुबीचको एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्तहुन नसकेको टिप्पणी गर्नुभएको थियो । 

उहाँले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा शुसासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड को टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानविन गरिरहेका पुर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाईएको भन्दै शुसासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीहरुलाई आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखेजस्तै, राज्य व्यवस्था तथा शुसासन समितिमा लगेर अपहरणको मुद्धा लागेकालाई राखेजस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चाल्र्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ । ”

उहाँले कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएको र सुशासनको क्षेत्रमा स्थायी सरकारले गर्ने कामबारे सधै सचेत भई प्रशासनतन्त्रलाई लोकतान्त्रिकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।