१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगमा युवकको मृत्यु



अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।

उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको हो ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ । शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ ।