१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झारिन्छः अध्यक्ष दाहाल

आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झारिन्छः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताउनु भएको छ ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताउनु भएको हो । 

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकौ पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाा आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएके बताउनुभयो । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताउनुभयो । यस्तै कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो । 

उहाँले भन्नुभयो ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिं हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथि आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो । उतापट्टिको भएपनि । त्यो लभ त गएको छैन नी । अर्कोले डिभोर्स गरिदिएपनि । अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ । अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो । त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ । जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरुसँग, बैद्यजीहरुसँग पनि एकताको सपना देख्नुत एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन । तर मोर्चा चाहिं बन्छ । मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पुर्याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग¥यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

अध्यक्ष प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गर्नुभएको छ  । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो त्यहाँ छलफल भयो बैठकचाहिं राम्रो भयो । पहिलो चोटी नेपाली कांग्रेस खुलेर केपी ले त बर्बादै पार्ने भयो सब प्रतिगमन नै गर्ने, सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भयो भनेर नेपाली कांग्रेस आउनु ठूलोकुरा ठान्छु म । जसपाले पनि अब नयाँ सरकार गठन गरौं अब भन्ने प्रस्ताव औपचारिक ढङ्गले नेपाली कांग्रेसले राखेपछि पहिलो चोटी प्रस्ताव राख्नुभयो ठिक छ हामी सल्लाह गर्छौं एक दुई दिन भित्र नै हामी टुङ्ग्याउँछौं भनेर जसपाले पनि भनेको छ र मलाई लाग्छ केही दिन भित्र नयाँ सरकार गठन हुन्छ र हुनैपर्छ भन्ने लागेको छ ।’ नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । 

सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी  एकचोटी फेरी नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरी त्यही भन्यो भनेर प्रचार हुन सक्छ । जे होस नयाँ जनयुद्ध जसरी युद्धको बेलामा भन्थ्यौं नी युद्ध भनेको रक्तपात पूर्ण राजनीति हो राजनीति भनेको रक्तपात हीन युद्ध हो । त्यस अर्थमा अहिले पनि हामी युद्धमै छौं । प्रतिक्रियावादको विरुद्ध युद्धमै छौं तर त्यो युद्ध लडने तरिका र रुप फरक छ । 

त्यसकारण जनताको त्यो भरोसा, आशालाई फेरी एकचोटी नयाँ सिराबाट त्यहाँ जोडिएर, उनीहरुका दुःख दर्दसँग जोडिएर उनीहरुको उत्पादन संघर्षलाई अलिकति प्रतिफलमुखि बनाउने योजना निर्माण गरेर विज्ञान प्रविधिको प्रयोग गर्न सिकेर सिकाएर जाने लाइन बनाउने हो अब ।’ 

पार्टी एकता गरेर आफूले गल्ति नगरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । तर केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ति भएको स्वीकार गर्नुभयो । सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ति गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होलाकी भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ के त्योबेला मन्न नहुने रहेछ भन्ने परेको छ मलाई । अध्यक्षको आलोपालो उही बेला छोडदिन म यहाँ सही तिमिले गर्ने अनि मलाई दुई नम्बर बनाउने भन्न पर्ने रहेछ । उनले जे भएनि कमरेड मैले तीनवटा भोटा बढी फटाएको छु  अहिले म प्रधानमन्त्री छु कमरेड भनेर मिठोसँग भनेपछि म पग्लिए । मेरो त्यही गल्ति हो । नियतमा गल्ति त होइन अब यस्तो भए म । के गर्ने अब यस्तै भइयो । अहिले म फर्केर हेर्दा त्यसो नगर्न पर्ने रहेछ । भएको सहमति जस्ताको तस्तै लागू हुनुपर्छ नत्र मान्दिन भनेर भनेको भन्यै गरेको भए सायद यस्तो हुँदैन थियो की भन्ने मलाई परेको छ । ’

यस्तै दोस्रो गल्ती आफ्नै सङ्गठन भित्रका कार्यकर्ता र जनतालाई ध्यान नदिनु पनि रहेको अध्यक्ष प्रचण्डले स्वीकार गर्नुभयो । आफ्नै सङ्गठन भित्र रहेका सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारसँग सम्बन्ध बलियो नबनाई अर्काको पछि लाग्दा अहिले दुःख पाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अब यस्तै यस्तैलाई सहकार्य गरेर एकता गरेर अब सबै ठिक गर्ने भइयो भन्ठानेर आफ्नै सङ्गठन आफ्नै जनतालाई बलियो बनाउनेमा जति ध्यान दिन पथ्र्यो त्यति दिइएन त्यहा चाहिं कमजोरी भयो भन्ने लागेको छ मलाई अहिले । आफ्नै सङ्गठन र आफ्नै जनतालाई आफ्नै सहिद परिवार, आफ्नै घाइते अपाङ्ग या वेपत्ता परिवारसँग बलियो सम्बन्ध र त्यसलाई सुदृढ गर्दैगर्दै अरुसँग खेल्ने कुरा त ठिकै रहेछ । ठिकै हुन्थ्यो । आफ्ना छदैछन नि भनेर अलिकति वेवास्ता गरेको जस्तो अर्काको पछि बढी लाग्दा खेरी दुख पाइयो भन्ने मैलाई परेको छ अहिले । त्यसो भएर आउने दिनमा त्यसो नगर्ने भनेर मैले भित्रभित्र सङ्कल्प गरेको छु ।’ अध्यक्ष प्रचण्डले दुई पार्टीको बिचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिदा अहिलेको अवस्था आएको बताउनुभयो । 

पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरी अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पु¥याईदिदा समस्या भएको बताउनुभयो । तर नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सार्वोच्च अदालतले डिभोर्स गराईदिदा अहिले दुःख भइराखेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो त लभ परिराख्या थियो । दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी २८ गतेको आमसभामा म कसरी बोलेको थिए माधव जी कसरी बोल्नु भयो, झलनाथ जी कसरी बोल्नुभयो । लभ नपरेका त्यसरी बोलिन्थिएन नी त । लभ परेको श्रीमान श्रीमतिलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो । कतैबाट पनि मिल्ने कुरा हो त । अब अहिले दुलाहादुलहि दुई वटै रुदैं रुदैं आफ्नो आफ्नो घरमा । त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वभाविक, अनैतिक, गलत र सेटिङमा भयो त हाम्रो के दोश भयो त त्यहाँ । लभ गर्नु गल्ति भएको हो त रु हामीले लभ गरेर ठिकै गरेका थियौं मिलाएरै लगेका थियौं । शक्तिलाई कमजोर हुन दिएका त थिएनौं । यसरी बुझ्न प¥यो र फेरीपनि कम्युनिष्ट आन्दोलनको एकता आवश्यक छ ।’

आफूहरुले आदालतको फैसलालाई अप्राकृतिक र अव्यवहारीक भनेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिएपनि कम्युनिष्ट एकता अहिलेको आवस्यकता भएको पनि उहाँले बताउनुभयो । तर त्यस्तो एकता अब पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने बताउनुभयो ।