• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आयात रोकेपछि फूलसँगै फक्रँदैछ किसानको खुसी



धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङकै बाटो हुँदै भारतको फूल बोकेका ट्रकहरु काठमाडौँ चढ्छन् । तर, बिडम्बना त्यही बाटोमाथीको डिलमा फुलेको फूलले बजार पाउन निकै कठिन छ ।

तर यसवर्ष भने अवस्था केही फरक भएको छ । सरकारले तिहारमा भारतबाट फूल आयातमा पूर्ण रुपमा रोक लगाउने खबरले धादिङका किसान निकै उत्साहित भए । दङ्ग नहुन् पनि किन ? गतबर्ष भारतीय सयपत्री फूलको घरमा सजाउने लामो माला रु ४०० प्रति प्रति गोटा बिक्री हुँदा धादिङका किसानले रु सयमा प्रति गोटा बिक्री गर्नुपरेको थियो । तर त्यही भाउमा पनि सबै फूलले बजार पाएन ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

यसमध्ये धादिङ सयपत्री फूलको ब्यवसायिक खेती बिस्तार भएको जिल्ला हो । तर पनि यहाँका किसानले कहिल्यै फुलको उचित मुल्य पाएका छैनन् । यसपाली धादिङ १६ सय रोपनी भन्दा बढीमा फूलखेती गरिएको छ । दशैंदेखि नै फुल्न सुरु गरेको फुल यसपाली तिहार ढिलो परेकोले सुक्ने होकी भन्ने अर्को पिर थियो ।

तर पनि जोगाउन सफल भैयो अब राम्रै भाउ आँउछ कि भन्ने आश छ भन्छन् धादिङ गल्छी– ४ का नारायण भण्डारी । हरेक वर्ष व्यावसायिक सयपत्री फूल खेती गर्दै आएपनि अहिलेसम्म फूलले राम्रो भाउ पाएको छैन तर पनि बारीको सौन्दर्य बढाउने र त्यति स्यहार सुसार पनि नचाहिने भएकाले लगाउन नछोडेको उनि बताउछन् ।

 

त्यसैगरी गल्छी गाउपालिका जुङ्गीपाखाका तामाङ गाँउका किसानहरुको बारीमा पनि हरेक बर्ष ढकमक्क सयपत्री फुल्छ । सोचेजस्तो आम्दानी नभएपनि बर्षेनी फूल लगाउन छोड्दैनन् यहाँका किसान । उनीहरु भन्छन्– फूलबाट आम्दानी राम्रो नभएपनि बारीभरि फूल फूलेको दृश्यले रमाइलो लाग्छ । काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ ।