६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीको कप्तानमा इन्दु वर्मा नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा अलराउन्डर इन्दु वर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार हङकङ टुरको लागि इन्दुलाई कप्तानको जिम्मेवारी दिएको हो । क्यानले यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्रीलाई हटाएर इन्दुलाई नया कप्तानको घोषणा गरेको हो । यस्तै, बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ ।

हङकङ टुरको लागि क्यानले घोषणा गरेको टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।

नेपालले हङकङमा चार देश सम्मिलित टि–२० सिरिज खेल्दैछ । उक्त प्रतियोगितामा नेपालसँगै तान्जानिया, जापान र हङकङले पनि खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । प्रतियोगिताबो फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन ।