९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो ।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।रासस