५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु



अ+ अ-

बेरुत । इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ ।

“सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक र २६ रक्षा फौजसहित ३० जनाको मृत्यु भएको थियो”, बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।

जमिनमा स्रोतहरूको विशाल नेटवर्क भएको राका, होम्स र डेर एजोरका बीच भागहरूमा आक्रमण भएको अब्जर्भेटरीले उल्लेख गरेको छ । अब्जर्भेटरी प्रमुख रामी अब्देल रहमानले घाइतेहरूको अस्पष्ट सङ्ख्यालाई उद्धृत गर्दै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

आइएसले सन् २०१४ जुनमा सिरिया र इराकका ठूलो भूभागमा ‘क्यालिफेट’ (मोहम्मदको मृत्युदेखि १३औँ शताब्दीसम्म इस्लाम उत्थानको युग) को घोषणा गर्दै आतङ्कको शासन सुरु गर्यो । यो सन् २०१९ मा सिरियामा क्षेत्रीयरूपमा पराजित भएको थियो तर यसका अवशेषहरूले विशेषगरेर मरुभूमिका गुप्त स्थानबाट घातक ‘आक्रमण गर र भाग’ नीति प्रयोग गर्दै आएका छन् ।

राष्ट्रपति बशर अल–असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र समर्थक विरोध प्रदर्शनलाई दबाएपछि सिरियामा युद्ध सुरु भएको छ । युद्ध सुरु भएपछि यसमा विदेशी शक्ति र वैश्विक जिहादीहरूलाई समावेश गरिएको छ । युद्धमा पाँच लाखभन्दा धेरै मानिस मारिएका छन् र सिरियाको युद्धपूर्वको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन् । रासस




भर्खरै