४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर आजमलाई पछि पार्दै शुभमन गिल बने ‘नम्बर वान ब्याट्सम्यान’, तोडे सचिनको कीर्तिमान



अ+ अ-

एजेन्सी । एकदिवसीय ब्याट्सम्यानको वरियतामा ठूलो परिवर्तन भएको छ । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा टीम इन्डियाका ओपनर शुभमन गिललाई बम्पर फाइदा भएको छ ।

गिल पाकिस्तानका कप्तान बाबर आजमलाई पछि पार्दै विश्वको नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।

योसँगै बाबर आजमको ९५० दिनको शासन पनि सकिएको छ । शुभमन गिल आईसीसी एकदिवसीय वरीयतामा नम्बर वान ब्याट्सम्यान बन्ने भारतका लागि सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् । यस मामिलामा उनले महान क्रिकेटर सचिन तेन्दुलकरलाई पनि पछि पारे ।

यससँगै टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले पनि पछिल्लो ओडीआई बलरको वरियतामा पहिलो स्थान हासिल गरेका छन् ।

सिराजले शाहिन शाह अफ्रिदीलाई पछि पारे । यो विश्वकपमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनपछि ब्याटिङ र बलिङ दुवै ओडीआई शीर्ष स्थानमा परिवर्तन भएको हो ।

गत खेलमा गिलले श्रीलंकाविरुद्ध ९२ रन र दक्षिण अफ्रिकाविरुद्ध २३ रनको इनिङ खेलेका थिए र यस प्रतियोगितामा अहिलेसम्म ६ खेलमा २१९ रन बनाएका छन् । योसँगै विराट कोहली आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा चौथो स्थानमा पुगेका छन् ।