८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

राहत वितरणमा एकद्वार नीति: गृहमन्त्री श्रेष्ठ

राहत वितरणमा एकद्वार नीति: गृहमन्त्री श्रेष्ठ
अ+ अ-

गण्डकी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिनुभएको  छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामग्री बुझेपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीनवटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“ भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भूइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ ।  यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ ।” भूकम्पलगत्तै प्रभावित दुबै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।

भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउनेक्रम जारी रहेको जनाउँदै उहाँले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो । हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्युनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ भन्नुभयो ।

भूकम्पलगत्तै पहिलो दिन प्रधानमन्त्री स्वयम् स्वास्थ्यकर्मीको टोली लिएर र दोस्रो दिन आँफू स्वयम् पुगी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका कामलाई तीव्रता दिइएको उहाँले जानकारी गराउनुभयो ।

यसअघि भूकम्प प्रभावित क्षेत्रका लागि दुईवटा चिनियाँ जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्याङ्केट र ६०० थान त्रिपाल रहेको जानकारी गराइयो । रासस