• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक, नेपालको समुहमा भारत र पाकिस्तान



काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ ।

यू-१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुनलागेको प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । यस्तै, समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा आइसिसी एकेडेमी ओभल २ मा पाकिस्तानसँग खेल्नेछ । यस्तै, १० डिसेम्बरमा अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा १२ डिसेम्बरमा भारतसँग खेल्नेछ

प्रतियोगिताको सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ भने फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपमा  नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।