८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल
अ+ अ-

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ ।

उहाँलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नुभएका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताउनुभयो । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताउनुभयो । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उहाँको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश हुनुभएको छ ।

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गर्नुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन : एक थान त्रिपाल पाएको उहाँले सुनाउनुभयो । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताउनुभयो । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उहाँको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताउनुभयो ।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उहाँले बताउनुभयो । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।

कुन पालिकामा कति क्षति
भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ ।

त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन्भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ ।

तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । मृत्यु दुईजनाको भएको छभने घाइते एकजना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५ घर पूर्णरुपमा क्षति भएको छभने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ ।

चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छभने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् ।

शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ । रासस