६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा पठायो दुई महामन्त्री



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) क्षेत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पठाएको छ ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने जनाएको छ ।

उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरीबारे दुई महामन्त्रीले जानकारी लिनेछन् । ‘७ बुँदे कार्य’ मा केन्द्रीत रहि ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै, प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप महामन्त्रीद्वयले संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ । साथ,ै पार्टीले महामन्त्रीद्वयको नेतृत्वमा उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ को गठन पनि गरेको छ ।

कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । साथै, सांसदको आधा महिनाको पारिश्रमिक पनि राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ ।