२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा ‘सयपत्री खेती’



अ+ अ-

तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै  स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो ।

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।

बिगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिनुभयो । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यसवर्ष चार रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,उहाँले भन्नुभयो, “प्रतिमाला रुदुई सयदेखि तीन सय ५० सम्म बिक्री गर्ने गरेको छु ।”

यसवर्ष करिब रुडेढ÷दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउनुहुन्छ । त्यसक्षेत्रका फूल उत्पादक किसानले सिजनमा रुएक लाख बढीसम्मको बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूलखेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले  दसैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताउनुभयो । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।

उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलव्ध गराइने उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफुले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताउनुभयो । “फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो । रासस

 




भर्खरै