२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनु भयो । बैठकले भुकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुन:स्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ ।

प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरुमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीले भुकम्प प्रभावितहरुको लागि उद्दार र राहतको कार्यमा सहयोग पुर्‍याउनको लागि केन्द्रिय कार्यालयको दुई दिन अगाडीको बैठकले पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई त्यो ठाउँको विशेष जिम्मेवारी दिएर पहिल्यै पठाइएको छ । उहाँ त्यहीँ कार्यक्षेत्रमा हुनुहुन्छ । त्यसैले यो बैठकमा आउन सक्नुभएन । आज पार्टीले पार्टीको कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरी सरकारको राहत कोषमा २५ लाख रुपैयाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ । यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गर्दै त्यहाँ बुझाउने छौँ ।

यही प्रयोजनका लागि हाम्रो पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौँ । उद्धार, राहत, पुर्नस्थापना आदिको व्यवस्थापन कार्यमा सहयोग, सहकार्य र अनुगमन गर्नका लागि पार्टीले एक कार्यदल गठन गरेको छ । उपमहासचिव प्रकाश ज्वालाले संयोजन गर्नुहुनेछ । सांसद अमरबहादुर थापा, मन्त्री नन्दा चपाई, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टी प्रदेशका सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरुको अनुगमन, राहत तथा उद्धार कार्यका लागि व्यवस्थापन, सहयोग, समन्वय र अनुगमनका लागि यो कार्यदल गठन गरेको छ ।’

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनु भयो । उहाँले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समाजवादी जागरण अभियानको समिक्षा गर्‍यौँ । हाम्रो पार्टीले छोटो समयको तयारीमा गरिएको यो निकै प्रभावकारी कार्यक्रम भएको । हाम्रो पार्टी समाजवादको प्रारम्भिक अवस्थामा अति महत्वको साथ ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयहरु, एजेण्डाको रुपमा जनतामा लान सफल भएको । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलो पटक लगभग १२ सय किलोमिटर लामो अभियान सञ्चालन गरेको । नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरेको छ । समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेका छौँ ।’

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि(मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।