१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनु भयो । बैठकले भुकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुन:स्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ ।

प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरुमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीले भुकम्प प्रभावितहरुको लागि उद्दार र राहतको कार्यमा सहयोग पुर्‍याउनको लागि केन्द्रिय कार्यालयको दुई दिन अगाडीको बैठकले पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई त्यो ठाउँको विशेष जिम्मेवारी दिएर पहिल्यै पठाइएको छ । उहाँ त्यहीँ कार्यक्षेत्रमा हुनुहुन्छ । त्यसैले यो बैठकमा आउन सक्नुभएन । आज पार्टीले पार्टीको कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरी सरकारको राहत कोषमा २५ लाख रुपैयाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ । यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गर्दै त्यहाँ बुझाउने छौँ ।

यही प्रयोजनका लागि हाम्रो पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौँ । उद्धार, राहत, पुर्नस्थापना आदिको व्यवस्थापन कार्यमा सहयोग, सहकार्य र अनुगमन गर्नका लागि पार्टीले एक कार्यदल गठन गरेको छ । उपमहासचिव प्रकाश ज्वालाले संयोजन गर्नुहुनेछ । सांसद अमरबहादुर थापा, मन्त्री नन्दा चपाई, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टी प्रदेशका सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरुको अनुगमन, राहत तथा उद्धार कार्यका लागि व्यवस्थापन, सहयोग, समन्वय र अनुगमनका लागि यो कार्यदल गठन गरेको छ ।’

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनु भयो । उहाँले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समाजवादी जागरण अभियानको समिक्षा गर्‍यौँ । हाम्रो पार्टीले छोटो समयको तयारीमा गरिएको यो निकै प्रभावकारी कार्यक्रम भएको । हाम्रो पार्टी समाजवादको प्रारम्भिक अवस्थामा अति महत्वको साथ ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयहरु, एजेण्डाको रुपमा जनतामा लान सफल भएको । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलो पटक लगभग १२ सय किलोमिटर लामो अभियान सञ्चालन गरेको । नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरेको छ । समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेका छौँ ।’

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि(मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।