२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भन्दै चिकित्सक संघको विरोध



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै विरोध जनाएको छ ।

ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि गत कात्तिक १८मा बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो ।

पाटन अस्पतालमा उपचाररत ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटीको मृत्यु भएको थियो । सुईमार्फत दिएको औषधिको कारणले मृत्यु भएको भन्दै दुबै बिरामीका आफन्त आक्रोशित भएका थिए।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सञ्जिव तिवारीले ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको र घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गरेका छन् । साथै, उनले पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन आग्रह गरेका छन् ।