११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईभजी सेवा तत्काल परीक्षण गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ ।

मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्विकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पु¥याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको हो । कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराउनु भयो । 

मन्त्री कार्कीले भन्नु भयो, ‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्विकृति प्राप्त भईसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु । देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पु¥याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पु¥याउनेनै छ ।’

मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरुलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताउनु भयो ।