१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको विरोध प्रदर्शन स्थगित



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध काठमाडौंमा गर्ने भनिएको जन प्रदर्शन स्थगित गरेको छ ।

२२ मंसिरमा काठमाडौंमा हुने भनिएको जन प्रदर्शन जाजरकोट भूकम्पका कारण स्थगित गरिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

भूकम्पलगायत कारणले गर्दा तत्कालका लागि कार्यक्रम स्थगित गरिएपनि काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहने सापकोटाले बताए । वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने उनले बताए ।