२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको लाजमर्दो रेकर्ड



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भयो । यो खेल जारी विश्वकपमा अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच भएको थियो ।

उक्त खेलमा भारतले दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई २४३ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।

दक्षिण अफ्रिकी टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा भारतीय टोलीसँग सबैभन्दा ठूलो हार बेहोरेको छ । भारतीय बलरको अगाडि दक्षिण अफ्रिकी टोलीका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

टेम्बा बाभुमाको कप्तानीमा रहेको टोली ३२७ रनको लक्ष्य पछ्याउँदा ८३ रनमा अलआउट भयो । यसरी दक्षिण अफ्रिकी टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो हार बेहोरेको छ । विश्वकपको इतिहासमा यो टोलीको सबैभन्दा ठूलो हार समेत हो ।

यद्यपी दक्षिण अफ्रिकासँग यसअघि पनि यस्तो भएको थियो तर एकदिवसीय अन्तर्राष्ट्रियमा विपरित टोलीका खेलाडीले जति रन बनाउन नसकेको यो दोस्रो पटक हो ।