• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

द्वन्द्व बढ्दै गएपछि गाजाका बासिन्दाहरू पानीको अभावमा समुन्द्रको सहारा लिँदै



एजेन्सी । प्यालेस्टाइन–इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनु भयो ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा बिस्थापित व्यक्ति सईद महमूदले बताउनु भयो । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

त्यस्तै अर्का एक बिस्थापितले पानी पिउन समेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताउनु भयो । उहाँले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उहाँले पानी समेत पिउन नपाएको दुखेसो गर्नुभयो । उहाँले पानीको लागि समुन्द्र एकमात्र विकल्प भएको बताउनु भयो ।

पानीका लागि समुन्द्र धाउनुपरेको र त्यही बस्ने गरेको बताउनु भयो ।