४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिनसँग तुलना गर्दा भावुक बने कोहली, भने– म उहाँ जस्तो कहिल्यै बन्ने छैन



अ+ अ-

एजेन्सी । ‘क्रिकेटका भगवान’का शिष्य विराट कोहलीले आफ्नो गुरु सचिन तेन्दुलकरको पाइला पछ्याउँदै उनको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

भनिन्छ, शिष्यले जतिसुकै सफलता हासिल गरोस्, गुरु सधैं गुरु रहन्छन् । दक्षिण अफ्रिका विरुद्ध प्लेयर अफ द म्याच जितेपछि ‘किंग कोहली’ले यस्तै भनेका थिए ।

आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भएको थियो, जसमा भारत २४३ रनले विजयी भएको थियो । यो खेलमा विराट कोहलीको ब्याट बलियो गर्ज्यो । आफ्नो जन्मदिनमा उनले १० चौका सहित १०१ रनको अविजित इनिङ खेले ।

खेलमा शतक बनाएर उनले महान क्रिकेटर सचिन तेन्दुलकरको ४९ औं ओडीआई शतकको विश्व कीर्तिमानको बराबरी गरेका छन् । किंग कोहलीलाई प्लेयर अफ द म्याचको उपाधि दिइएको थियो, जसमा उनले सचिन तेन्दुलकरको बारेमा भावुक कुरा भनेका थिए ।

‘उहाँ सधैं मेरो लागि एक नायक हुनेछन् । उहाँको कीर्तिमान बराबरी गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । ब्याटिङमा उहाँ एकदमै उत्कृष्ट हुनुहुन्छ । मैले उहाँलाई बाल्यकालदेखि नै टिभीमा हेर्दै आएको छु र उहाँबाट यो प्रशंसा पाउनु मेरो लागि म कहाँबाट आएको हुँ भन्ने कुराको अर्थ हो । म उहाँको जस्तो खेल्न कहिल्यै सक्दिनँ ।’ विराटले भने ।