१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सरकारी कार्यलयमा रेर्कड नभएपछि जनता कहाँ जाने ?- मेटमणि चौधरी

सरकारी कार्यलयमा रेर्कड नभएपछि जनता कहाँ जाने ?- मेटमणि चौधरी
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद मेटमणि चौधरीले नेपालमा भूमि समस्या समाधानको लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद चौधरीले किसानले जोतभोग गर्दै आएको जमिन नापी हुँदा जमिनदारको नाममा गरिएको, गुठीको नाममा बनाइएको लगायतका समस्याहरु रहेको बताउनुभयो । 

उहाँले भूमि सम्बन्धी यस्ता समस्याहरु समाधानको लागि समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउन माग गर्नुभयो । यस्तै पुर्खाको जमिन अरुले लगिदिदाँ किसानहरुको मनोविज्ञान विद्रोही बनेको पनि बताउनुभयो । बाढीपहिरोका कारण विस्थापित भएर बसोबास गरिरहेको जमिनको विषय पनि सम्बोधन हुन नसकेको बताउनुभयो । भूमि सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयबाट काम हुन नसकेकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउँदा राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘२०५२ सालमा लालपुर्जा प्राप्त गरेका तर लालपुर्जाको रेकर्ड, मालपोत कार्यालयमा कायम नभएको र नापी कार्यालयमा पनि कित्ताकाट नभएको जमिन पनि प्रशस्त छ । भूमि समस्या समाधानका लागि समस्यालाई पहिचान गरौँ । यी सबै समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयबाट मात्रै समाधान हुने छाँटकाट नदेखिएकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा एक संसदीय समिति बनाएर अघि बढेमा दशकौं देखिको भूमि समस्यालाई समाधान गर्न सक्छौँ ।’

सांसद चौधरीले दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिमका सरकारी विद्यालयहरुमा शैक्षिक सत्रको शुरुवात देखि नै पाठ्यपुस्तकको अभाव हुने गरेकाले दाङ जिल्लामा जनक शिक्षा सामाग्री केन्द्रको डिपो स्थापना गरी विद्यार्थीहरुलाई समयमै पुस्तक उपलब्ध गराउन माग गर्नुभयो ।