• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

काँग्रेस महासमितिको बैठक मंसिर २९ देखि पुष २ सम्म



file

काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ ।

आईतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराउनु भयो ।

यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

अन्य सहयोगका लागि पार्टीका सदस्यहरुलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताउनु भयो । प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोट र रुकुमश्चिममा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट धेरैको ज्यान गएको छ । सयौँ मानिसहरु घरबार बिहीन भएका छन् । त्यस्तो अवस्थालाई नेपाली काँग्रेसले गम्भीर र दु:खद् घटनाको रुपमा लिएको छ । यो घटनालाई आधार बनाएर बैठक बसेको हो । बैठकले भूकम्पबाट प्रभावितहरुलाई तत्कालै उद्धार गर्नका लागि राहत, पुन:स्थापनाका लागि गम्भीर रुपमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । तत्कालै राहत सामग्री उपलब्ध् गराउनका लागि, उनीहरुको स्वास्थ्योपचारमा प्रभावकारिता ल्याउनका लागि पार्टीको तर्फबाट पार्टी सदस्यहरुबाट जम्मा गरेको रकमबाट कोषबाट ५० लाख रुपैयाँ दिने निर्णय गरिसकेका छौँ । कार्य सम्पादन समितिले त्यसलाई अनुमोदन गरेको छ । यो रकम पर्याप्त होइन त्यसैले अझै थप रकम त्यहाँ पुर्‍याउनका लागि र बजेट पुर्‍याउनका लागि पार्टीले पार्टी संगठन भित्रका सम्पूर्ण पदाधिकारी, सदस्यहरु, जनप्रतिनिधिहरुलाई पार्टीको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि हार्दिक अपिल गर्ने निर्णय गरेका छौँ ।

सोही आधार मानेर पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राहत कोषमा यो जम्मा हुनेछ । सरकारको गम्भीर ध्यानाकर्षण गराउने कुरा गरेका छौँ । राहत वितरणमा अनियमितता नहोस्, पक्षपात नहोस्, अति विपन्न गरिव र घरबार बिहीन मानिसहरु जसको विकल्प छैन, उनीहरुमाथि कतै अन्याय हुन्छ की ? र उनीहरु राहत सामग्री प्राप्त गर्नबाट उनीहरुले पुन:वासको व्यवस्थापनमा कतै पक्षपात भइ ओझेलमा पर्छन् की भनेर महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने र त्यसले स्थलगत अनुगमन सबै सामग्रीहरु परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी पक्तिको परिचालन र बीचमा भएका विषयहरु सबैको अनुगमन र सहजीकरण गर्ने । चाँडै स्थलगत अवलोकनमा पनि उहाँहरु जानु हुनेछ । काँग्रेस महासमितिको बैठक अब मंसिरको २९, ३० र पुसको १ र २ गते गोदावरीमा हुने । हल अभावका कारणले पनि हो ।’

नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताउनु भयो ।