२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणका कारण भारतले नयाँ दिल्लीमा खेलकुद कार्यक्रममा प्रतिवन्ध लगायो



अ+ अ-

एजेन्सी । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिवन्ध लगाएको छ ।

वायु प्रदुषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रवार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो ।

जुन गम्भीर प्लस श्रेणीमा परेको थियो । जुन हावाको उच्च शतर्कता स्तर हो । आफ्नो एडभाइजरीमा सफारले सबैलाई घरबाहिर सबै शारीरिक गतिविधि नगर्न, प्रदुषण बिरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ । दिल्ली विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ ।

दिल्लीका अधिकारीहरूले बढ्दो प्रदुषणको लागि छिमेकी राज्यहरू पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।