१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

संसदको वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलव दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा

संसदको वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलव दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको बताउनुभएको छ ।

दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको बताउनुभएको हो ।

महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताउनु भयो । उहाँले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रश्तुत गरेका छैनौं संसदमा । म अमुक दललाई, अमुक सरकारलाई भनिराख्ने कुरा भन्दा पनि समग्रतामा भन्दै गर्दाखेरी त्यो ढंगको सन्देश प्रवाह गर्न हामी सफल भएनौं । कतिपय बेला संसदमा रोष्टमहरु एकले अर्कोलाई खसाल्ने ढंगले प्रयोग गर्‍यौं । कतिपय बेला संसदलाई बहसको थलो, बैचारिकताको थलो बनाउने भन्दा पनि घटना पिच्छे अवरोध गर्ने, संसदलाई चल्नै नदिने । अनि त्यसपछि निर्णयको खोजी गर्ने । यो कर्म गर्‍यौं । कतिपय बेला संसदमा कोरम नपुगेर पनि हामीले संसदलाई गुजारिदियौं । बहसका लागि छलफल शुुरु हुँदा त्यसमा घनिभूत छलफल भएनन । कतिपय बेला आवेगहरु पनि प्रस्तुतु गर्‍यौं । कतिपय बेला हामीले रोष्टममा उभिएर तिक्त हुने खालको अभिव्यक्तिहरु पनि राख्यौं ।’

‘यस हिसावले चाहीँ यो बितेर गएको संसदलाई एउटा सांसदको रुपमा म आत्मा आलोचना पनि गर्दछु । हामीले यसलाई प्रभावकारी र परिणाममुुखि बनाउन नसकेकोमा । तर सगैमा फेरी के हो भन्दाखेरी कोही बेला कस्तो हुन्छ भने सूरुवात एकदमै राम्रो भएर गयो । तर पछाडि परिणाम नराम्रो आउने पनि हुन्छ । त्यसैले यो संसदको अवधि पाँच वर्षको हो । यो पहिलो किस्ता जे छ । यसबाट आत्माआलोचित हुनुपर्ने, केही सिक्नुपर्ने, पहिलो किस्ताबाट केही करेक्शनको सन्दर्भमा आत्माबोध गर्नुपर्ने कुराहरु भएको छ । त्यस हिसावले यो ससंद एउटा अनुभवको हिसावले महत्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसावले धेरै महत्वपूर्ण भयो भन्ने मलाई लाग्दैन । यद्यपि अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसावले २, ४, ६ महिनाको तवल प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलव दिनुपर्‍यो भने केवल १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको छ ।’

‘त्यसकारण यो प्रकारको संसद चलाउने कुरा सरकारले आफूलाई करेक्शन गर्नुपर्छ । संसदलाई पर्याप्त विजनेश दिएर सरकार जानुपर्छ । जुन विधेयकहरु पाईपलाईनमा बसेका छन् । त्यसलाई टुंग्याउने अवको दिनमा जानुपर्छ । प्रतिपक्षले हरेक विषयमा संसद अवरुद्ध गर्ने र आवेगबाट चल्ने त्यसले चल्दैन । पुराने भन्ने दलको पनि उही शैली, नयाँ भनिएका दलहरुको पनि उही शैली, सरकारको उही अल्छिपना अनि प्रतिपक्षको पनि आवेगपनाले चाहीँ संसदीय परिपाटीलाई बलियो बनाउँदैन । त्यसकारण यो बितेको संसदबाट लिनुपर्ने शिक्षा, गर्नुपर्ने करेक्शन, गर्नुपर्ने आत्मा आलोचनाका केही विषयहरु छन् । अनुभव प्रशस्त प्राप्त भएको छ । उपलब्धि कम प्राप्त भएको छ । तर जे अनुभव प्राप्त भएको छ । त्यसको जगमा म आशा के गरेर जान सक्छु भने आगामी संसदलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि, उपलब्धिमुलक संसद बनाउने आत्माबोध चाहीँ भएको छ ।’

महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताउनु भयो ।