१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लौन प्रधानमन्त्री बनिदिनुपर्यो ! : प्रम ओली (भिडियो सहित)

लौन प्रधानमन्त्री बनिदिनुपर्यो ! : प्रम ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताउनुभएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कलि कुरा गर्नेहरु सलबलाई रहेको बताउनुभएको हो । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तर्फ इंगित गर्दे उहाँले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको दाबी गर्नुभयो । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरुसँग विन्ति गर्दै हिडेको भनी उहाँले दाहालप्रति व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाई मन्त्री, प्रधानमन्त्री भईदेउन होऔ । शेर बहादुर जीलाई भेट्यो । दाई प्रधानमन्त्री भईदिनुपर्यो । महन्थ जीलाई भेट्यो ए दाई प्रधानमन्त्री भईदिनु पर्यो । किन भन्दा कम्युनिष्ट सरकार ठाल्नु पर्यो क्या त्यसकारण शेरबहादुर भईदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेर बहादुर जी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कलि कुरा गर्ने तत्वहरु अहिले पनि छन् । सलबलाई रहेका छन् । यी चुनौतिहरु अहिले पनि छन् । तर तपाईहरु ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी, अग्रगामी आन्दोलन विरोधी ,राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरुलाई सफलता साथ अगाडि जान दिईने छैन ।  यीनका गलत र अपराधिक उद्देश्यहरु सफल हुन सक्ने छैन ।  ”  

आफुहरुले जिताईदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उहाँले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “सदस्यताबाट निस्कासन गरे धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिपछि त्यो जुँगा हामी निकाल्दिन्छौ त्यसपछि सक्कियो । ”

उहाँले नेकपा एमाले, कम्युनिष्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाईको सरकार ढलाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्त रहेको दाबी गर्नुभयो । माओवादी अध्यक्ष दाहालतर्फ इंगित गर्दे लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौलाई पीडा दिएकाहरु नै  “मैले आफ्नालाई छोडेर अरुसंग मिलेछु” भनेर भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गर्नुभयो “झण्डै दुई तिहाईको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेस संग विन्ति पत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन रु अन्त गईयो कि गईएन ? ”