१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

सी डिजिन लिगः चर्च ब्वाइज युनाईटेड विजेता बन्दै बी डिभिजनमा बढुवा

सी डिजिन लिगः चर्च ब्वाइज युनाईटेड विजेता बन्दै बी डिभिजनमा बढुवा
अ अ+ अ-

काठमाडौं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक सी डिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन रुजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काएका थिए ।

च्याम्पियन हुँदै बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्दा दोस्रो भएको विरगञ्जले ७ लाख र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पार्यो ।

चर्च ब्वाइज यसै सिजन सि डिभिजनमा बढुवा भएको थियो । एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो । यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन् । खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । सामाजिक भने २ वर्षपछि बी डिभिजनमा उक्लिन सफल भएको छ ।

प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक सी  डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् । यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । 

उत्कृष्ट हुनेले जनही २५/२५ हजार  रुपैयाँ प्राप्त गरे । लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड सहित ५० हजार रुपैयाँ प्राप्त ग¥यो । सानोगौचरण युवा क्लब सि डिभिजनबाट पनि घटुवा भएको छ ।