४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । समूह ‘ए’मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।

नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्व कपमा छनोट भइसकेका छन् ।