७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा प्रमुख समाचारदाता उत्तम सिलवाल र प्रधानसम्पादक एकराज पाठक हुनुहन्छ ।

जाजरकोट भूकम्पबारे कुनै पनि व्यक्ति तथा सङ्घसंस्थाले सत्यतथ्य एवं आधिकारिक सूचना सो संयन्त्रलाई उपलब्ध गराउन सक्ने र ती सूचना राससमार्फत पुष्टि गरी यथाशक्य छिटो समाचारका रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ ।

भूकम्पले पुर्याएको जनधनको क्षति, उद्धार कार्य, राहत सहयोग तथा पुनःस्थापना, स्वास्थ्योपचार, शान्ति सुव्यवस्थालगायत समग्र व्यवस्थापकीय विषयसँग सम्बन्धित यथार्थ जानकारी चुस्तदुरुस्त एवं छिटो–छरितो ढङ्गबाट सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउन संयन्त्र चौबीसै घण्टा क्रियाशील रहनेछ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्थापनाकालदेखि सत्य, तथ्य र आधिकारिक सूचनामार्फत आमनागरिकलाई सुसूचित गर्दै आएको राससले जाजरकोट भूकम्पका पीडितको उद्धार तथा राहतको काम चुस्त बनाउन सूचनामार्फत सहयोग पुर्याउने उद्देश्यले संयन्त्र गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले यस विपद्का समयमा पीडितलाई सहयोग पुग्ने र उद्धार तथा राहत कार्यलाई सहज बनाउने आवश्यक सूचना उपलब्ध गराई सहयोग गर्न सरोकारवाला सबैसँग अनुरोध पनि गर्नुभयो ।

सो संयन्त्रका सदस्यहरुको सम्पर्क नं यसप्रकार छः
समाचार महाशाखा प्रमुख लामिछाने– ९८४१२८७७३८
प्रमुख समाचारदाता सिलवाल– ९८५१३३३३३४
प्रधानसम्पादक पाठक– ९८५१०३८७०७