• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा



काठमाडौं । अभिनेता पल शाहले जाजरकोट भूकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन् । गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाइ उनले ५० हजार सहयोग गर्ने जनाएका छन् ।

‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,००००) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणामा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुःखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार र सहयोग गर्न अपील गरेका छन् ।