९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुद्रा व्यापारीः तरकारीको मूल्यमा मनपरी



अ+ अ-

काठमाडौं । खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको छ । सरकारी संयन्त्रले बजार अनुगमनमा देखाएको लाचारीपनका कारण व्यापारीहरूले मनपरी रूपमा मूल्य लिने मौका पाएको सरोकारवालाहरू बताउँछन् ।

व्यापारीहरूले काउली, काँक्रो, गाजर, घिउसिमी, ब्रोकाउली, भिन्डी, गोलभेडालगायत हरियो तरकारीको मूल्यमा मनपरी मूल्य लिने गरेको पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार सोमवार काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ तर खुद्रा बजारमा भने ८० देखि ९० रुपैयाँ किलोसम्म विक्री भइरहेको छ । प्रतिकिलो ९० रुपैयाँ रहेको लोकल काँक्रोको मूल्य पनि यति बेला १ सय १० रुपैयाँसम्ममा खुद्रा व्यापारीले लिइरहेका छन् ।

१ सय रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको भिन्डीको मूल्य पनि खुद्रा बजारमा १ सय ५० रुपैयाँसम्म रहेको छ । ९० रुपैयाँ किलोको ब्रोकाउली १ सय ३०, ५० रुपैयाँ किलोको गाजर ८० रुपैयाँ र १ सय रुपैयाँ प्रतिकिलोको घिउसिमीको मूल्य १ सय ४० रुपैयाँसम्म रहेको छ ।

कीर्तिपुर, कलंकी, कुलेश्वर, कालीमाटी, लगनखेललगायतका खुद्रा बजारमा व्यापारीहरूले अस्वाभाविक रूपमा तरकारीको मूल्य मनपरी रूपमा लिने गरेका छन् । आर्थिक अभियान दैनिकमा छ ।